१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

मन्त्रिपरिषद् हेरफेर, यी हुन् जसपाबाट सिफारिस भएका नयाँ मन्त्री

 सोमवार, असार २० २०७९  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् हेरफेर भएको छ । राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् हेरफेर भएको सूचना मार्फत् जानकारी दिएको छ ।

जसपाबाट मन्त्री भएका पुराना चारमध्ये तीनलाई फिर्ता बोलाएर नयाँ पठाइएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । जसपाले भौतिक पूर्वाधार मन्त्रीमा रेनु यादवलाई फिर्ता बोलाएर मोहम्मद इस्तियाक राईलाई पठाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई फिर्ता बोलाएर मृगेन्द्रकुमार सिंह यादव नियुक्त भएका छन् । वनमन्त्री रहेका रामसहाय प्रसाद यादवलाई फिर्ता बोलाएर प्रदीप यादवलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइएको हो । संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ भने यतावत रहेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीहरुको सूची बुझाएका थिए । नवनियुक्त मन्त्रीहरुको आजै अपराह्न ४ बजे सपथ गराउने तयारी छ ।

 

 

प्रतिक्रिया सबै