४ जेष्ठ २०८१, शुक्रबार Friday 17 May, 2024

भारतीय दूतावासमा गोली चल्दा सुरक्षाकर्मी दिपक सिंहको मृत्यु

 सोमवार, असार २० २०७९  

काठमाडौं । लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेका छन् ।

उच्च प्रहरी स्रोतका अनुसार ३२ वर्षीय दीपक सिंह नाम गरेका सुरक्षाकर्मीले आफैलाई इन्सासमार्फत गोली हानेको हो । उनले आफ्नै चिउँडोमुखि गोली हानेका हुन् । उनीको घर भारतको उत्तराखण्ड हो ।

‘दूतावासभित्रको घटना भएकाले उनीहरूकै कानूनअनुसार कारबाही हुन्छ। त्यसैले हामीलाई प्रवेश अनुमति हुँदैन’, एक प्रहरी अधिकारीको भनाई छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले घटनाबारे थाहा पाएपछि प्रहरी टोली त्यसबारे बुझ्न दूतावास पुगेको बताए । उनले भने, ‘हामीलाई पनि त्यस्तै सूचना आयो । प्रहरी टोली त्यहाँ पुगेको छ ।’

प्रतिक्रिया सबै