zoom download link for windows zoom app login join meeting droidcam zoom download zoom download pc free zoom cloud download for pc zoom saturday saturday night download zoom download info
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

बालेनलाई करिश्माको प्रश्न : मकै पोलेर, चटपटे बनाएर तारे होटलमा बेच्ने ?

 सोमवार, असार २० २०७९  

काठमाडौं । अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरले सडक व्यापारलाई नियन्त्रण गर्ने काठमाडौं महानगरपालिकाको नीतिको विरोध जनाएकी छन् ।

केही दिनअघि मकै पोलेर बेच्ने दम्पत्तिलाई नगरप्रहरीले गरेको कारवाहीका सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति उजागर गरेकी हुन् ।

कुनै पनि नागरिकलाई देशको समग्र भूमिमा टेक्ने अधिकार रहेको करिश्माको तर्क छ । उनले प्रश्न गरेकी छन्, ‘यदि उ अशिक्षित छ, गरिब छ, लाचार छ भनेर जे पनि गर्न मिल्छ ? जे पनि भन्न मिल्छ ? ऊ मान्छे हो कुरा बुझ्छ सम्झाएर भन ।’

करिश्माको प्रश्न छ, ‘व्यवस्थापन गर्नतर्फ लाग्ने कि प्रतिबन्ध र विरोधतर्फ लाग्ने ? कि मकै पोलेर चटपटे बनाएर तारे होटलमा बेच्ने ?’

करिश्माको थप प्रश्न, ‘बाटोमै बेचेको कपडाले तन डाक्ने जमान पनि त छन् होला, जो तपाईंको भारी बोक्छन् वा अन्य काम गर्छन् । सबै बिदेश गएर गल्फको गर्मीमा काम गर्न नसक्ने पनि त छन् होला । के तिनले आफ्नो र आफ्ना छोराछोरीको मुहारमा खुसी भएको सपना देख्न नपाउने ?’

प्रतिक्रिया सबै