९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

सेयर बजारमा सामान्य गिरावट

 सोमवार, असार २० २०७९  

काठमाडौं । कारोबारको अन्तिम समयमा सेयर बजार सम्हालिन नसक्दा सामान्य गिरावट देखिएइको छ ।

कारोबारको सुरुदेखि सामान्य उतार चढाब रहेको बजारमा अन्तिम समयमा सम्हालिन नसक्दा बजारमा गिरावट देखिएको छ । लामो समय गिरावटको मार खेपेको बजार सम्हालिने क्रममा रहेको छ ।

बजारमा ९.७५ अंकको गिरावट आउँदा परिसूचक २०७६.६७ बिन्दुमा रोकिएको छ । २३४ कम्पनीको १ करोड ९ लाख ८१ हजार ५९१ कित्ता सेयर ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको १.१९, विकास बैंक ५२.९६, वित्त कम्पनी ६.३१, जलविद्युत १३.२३, उत्पादन तथा प्रशोधन ४५.३८, माइक्रोफाइनान्स ६०.९३, अन्य समूहको उपसूचक २७.५३ अंकले घटेको छ । बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।

 

प्रतिक्रिया सबै