हिमाञ्चल प्रदेशमा बस दुर्घटनामा हुदा १२ जनाको मृत्यु
सोमवार, असार २० २०७९

सांकेतिक तस्बिर
काठमाडौँ। भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा सोमबार बस खोल्सामा खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । बसमा सवार अरु घाइते भएको अधिकारीले जनाएका छन् ।
हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सो दुर्घटना भएको हो । उक्त बसमा करिब २० जना सवार रहेको बताइएको छ ।
केही घाइतेको अवस्था भने गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने कुल्लुका डेपुटी कमिश्नर आशुतोष गर्गले बताए ।
प्रतिकात्मक तस्वीर
प्रतिक्रिया
सबै