zoom meeting join with meeting id zoom app cloud meeting download for pc - zoom app cloud meeting download for pc zoominfo engage link to download zoom conferencing software zoom app download - zoom app download zoom app hack zoom in transition premiere download zoom teleconference download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 सोमवार, असार २० २०७९  

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेपछि मूल्य बढाउनुपरेको निगमले जनाएको छ ।

निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९–९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढेको छ ।

यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ, डिजेल र मट्टितेल समान १ सय ७२ रुपैयाँ र आन्तिरिकतर्फ हवाई इन्धन १ सय ९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया सबै