आज नेपाल क्यानडासँग खेल्दै
मङ्लबार, असार २१ २०७९

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।
नेपालले क्यानमा घरेलु टोलीसँग दुई एकदिवसीय खेल खेल्ने तालिका छ । पहिलो एकदिवसीय खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यअसघि नेपालले क्यानडामा दुई अभ्यास खेल खेलेको थियो । एकदिवसीय र ट्वान्टी-२० दुबै अभ्यास खेल नेपालले जितेको थियो । किङ सिटी रंगशालामामा हुने खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल बुधबार खेल्नेछ ।
क्यानडाविरुद्धको खेलपछि नेपाल आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्नका लागि स्कटल्यान्ड जानेछ । त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्यान्ड र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया
सबै