download older zoom version install zoom windows 10 home download zoom attendee guide zoom desktop client download for pc - zoom desktop client download for pc audio not working in zoom pc - audio not working in zoom pc
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

 मङ्लबार, असार २१ २०७९  

काठमाठौं ।  उदयपुर जिल्लाको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्‌को पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् ।

त्रियुगा -२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन् ।

भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक-पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मरतमत नभएको बताए ।

शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी १ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो । चौनपा-२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्छन् ‘चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ, विद्युत् प्राधिकरणलाई पटक-पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ तर अहिलेसम्म बिजुली बलेको छैन ।’

प्रतिक्रिया सबै