zoom cloud meeting app free download for pc windows 10 - zoom cloud meeting app free download for pc windows 10 download zoom free app zoom app pro version download download zoom 5.8.0 zoom app paid
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

संसद भवनको सडक पेटीमा राखिएको काँडेतार हटाइयो

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवनसँगैको सडक पेटीमा राखिएको काँडेतार हटाइएको छ ।

संसद भवनको पर्खालसँगै फुटपाथमा ढाक्ने गरी काँडेतार राखिएपछि आलोचना भएको थियो । आज बिहान भने ती काँडेतार हटाएर फुटपाथ खाली गराइएको छ ।

फुटपाथमा पैदलयात्री हिंड्नै नमिल्ने गरी काँडेतार राखिएपछि सभामुख अग्नि सापकोटाले सुरक्षा अधिकारी र उच्च ओहोदाका कर्मचारीहरुसँग चासो व्यक्त गरेका थिए । ‘संसद भवनको रेखदेख शहरी विकास मन्त्रालयले गर्छ,’ सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘उहाँले काँडेतारबारे गम्भीर चासो लिनु भएको थियो । काँडेतार राख्न जरुरी छैन भन्ने उहाँको भनाइ थियो । आज हामी संसद भवन आउँदा काँडेतार हटाएको देख्यौं ।’

काठमाडौं महानगरपालिका पछिल्ला दिनमा फुटपाथमा व्यापार गर्नेहरुविरुद्ध आक्रमक बन्दै ठेलागाडा, साइकल र सामान जफत गरिरहेको बेला संसद भवनअघिकै फुटपाथमा काँडेतार राखिएपछि सरकारको आलोचना भएको थियो । फुटपाथ र साइकल लेन नै ढाकिने गरी काँडेतार राखिएपछि सडकबाट हिंड्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया सबै