४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

सात राउण्ड गोलीसहित एकजना पक्राउ

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । इलाममा सात राउण्ड गोलीसहित एकजना पक्राउ परेको छ । सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जीवन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले राइफलको गोली देखाई घर तथा छरछिमेकीलाई समेत डरधम्की दिने गरेका थिए ।

प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्याकको घर्रामा लुकाई राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया सबै