काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि
मङ्लबार, असार २१ २०७९

काठमाडौं । काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो ।
कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए ।
दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् । काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।
प्रतिक्रिया
सबै