zoom installer full download - zoom installer full download app similar a zoom zoom 5.o download download zoom meeting free for windows zoom download version 5.6.6 information on zoom app basic zoom download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

बोक्सीको आरोप लगाई एक महिलामाथि कुटपिट

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । संखुवासभामा ३४ वर्षीया महिलामाथि बोक्सीको आरोप लगाई कुटपिट भएको छ ।

कुटपिट अभियोगमा धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

असार १४ गते झारफुक गर्न आएकी ती महिलालाई बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरी घाइते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै