why aren't my meetings showing up in zoom download zoom on portal free download of zoom.us download zoom on microsoft edge zoom online meeting join from browser zoom mic icon not showing zoom app vs browser join zoom meeting online with id and password - join zoom meeting online with id and password
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

मादी हत्या प्रकरण : ४ जनालाई आजीवन कारावास, १७ बर्षीय नरेशलाई एकतिहाई सजाय छुट

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेकामध्ये चारजनालाई आजीवन कारावास सजाय सुनाइएको हो ।

बालिग नभइसकेका कारण हत्यामा संलग्न १७ वर्षीय एक बालकलाई भने २५ वर्षको दुईतिहाइ अर्थात करिब १६ वर्ष मात्र कारावासको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार केदार गौतमले बताए ।

२०७८ भदौ २१ गते मादी नगरपालिका–१ उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षको नाती विपीन र पाँच वर्षीया नातिनी गोमा कार्कीको समुहिक हत्या भएको थियो ।

हत्या आरोपमा छिमेकी २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश कार्की पक्राउ परेका थिए । नरेश बाहेकका चारजनालाई आजीवन कारावासको फैसला भएको हो । पाँचै जना मृतक तेजबहादुरका छिमेकी र नातेदारसमेत हुन् ।

प्रतिक्रिया सबै