रामेछापमा बस दुर्घटना, १२ जनाको मृत्यु
मङ्लबार, असार २१ २०७९
काठमाडौं । रामेछापको सुनापती गाउँपालिका– ५ र खाँडादेवी गाउँपालिका– १ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा नौजनाको घटनास्थलमै र तीनजनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला छन् । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
रामेछापको हिलेदेखी काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रतिक्रिया
सबै