११ जेष्ठ २०८१, शुक्रबार Friday 24 May, 2024

अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा युवा संघको प्रदर्शन

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

युवा संघले आज सिंहदरबार नजिकै प्रदर्शन गर्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन् ।

उनीहरुले बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन् ।

अर्थ मन्त्रालयले बजेटलाई अन्तिम रूप दिने बेला (गत जेठ १४ गतेदेखि १५ गतेसम्म) सिसिटिभी फुटेजसमेत अभिलेखमा नरहेको भन्ने जवाफ दिएकोले यसमा अर्थमन्त्री शर्माको बदनीयत देखिएको उनीहरुले बताएका छन् ।

अर्थमन्त्री शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने माग युवा संघको छ । यसअघि नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको थियो ।

प्रतिक्रिया सबै