alternative of zoom app for teaching zoom cloud download for pc zoom meetings no download zoom app windows 10 s mode zoom app show all participants
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

शेयरबजार परिसूचक नेप्से आज राताम्मे

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयरबजार परिसूचक नेप्से राताम्मे देखिएको छ । मंगलबार ४६.०८ अंकले घटेको नेप्से २०३०.५९ विन्दुमा पुगेर बजार बन्द भएको हो ।

बजार घटेसँगै यस दिन ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.७१ अंकले घटेर ३८७.२३ विन्दुमा अडिएको छ ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहका सूचक राताम्मे भएका छन् । सर्वाधिक व्यापार, फाइनान्स, अन्य र इन्भेस्टमेन्ट समूहको सूचक ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

मंगलबार २२९ वटा कम्पनीको ४९ हजार पटकको शेयर कारोबारमा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँबराबरको ८६ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन बजार घटे पनि १७ वटा कम्पनीको शेयरमूल्य भने बढ्यो । यस दिन सीवाईसी नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा न्याग्दी ग्रुप पावर र आँधीखोला लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ ।

प्रतिक्रिया सबै