१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

युट्युबमा अश्लील शीर्षक राखेको आरोपमा प्रवेश लामा पक्राउ

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । प्रहरीले युट्युबमा अश्लील शीर्षक राखेको आरोपमा ‘रियल टिभी’ नामक युट्यूब च्यानलका सञ्चालक २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो ।

प्रवेशले रातिराति काठमाडौंका विभिन्न सडकमा युवतीहरूलाई अश्लील प्रश्न सोधेर भिडियो युट्युवमा पोष्ट गर्दै आएको प्रहरीको जनाएको छ ।

एक पीडित युवतीको उजुरीका आधारमा लामा पक्राउ गरिएको प्रहरीको भनाई छ । समाजमा अश्लिलता फैलाउने किसिमका भिडियो बनाइ सामाजिक सञ्जालहरूमा प्रकाशन गरेकाले विद्युतीय कारोबार ऐनअन्तर्गको कसुरमा उनलाई पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया सबै