३० चैत्र २०८०, शुक्रबार Friday 12 April, 2024

संसदीय निर्वाचन मंसिर २ गते गर्न आयोगको प्रस्ताव

 मङ्लबार, असार २१ २०७९  

काठमाडौं । निर्वाचन अयाोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन मंसिर २ गते शुक्रबार गर्न सरकारलाई सिफारिस गर्ने भएको छ । अयाोगले बुधबार (भोली) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको हो ।

स्रोतका अनुसार आयोगको सिफारिसका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचन मिति घोषणा गर्ने तयारी छ । आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको हो ।

अयसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन भएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो । प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो । सम्भवत यस पटक पनि देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुँदै छ ।

संविधानको धारा ८५ (१) मा अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ । ‘उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि संकटकालीन अवस्थाको घोषणा वा आदेश लागु रहेको अवस्थामा संघीय ऐन बमोजिम प्रतिनिधिसभाको कार्यकालमा नबढ्ने गरी थप गर्न सकिने छ’, उपधारा २ मा उल्लेख छ । उपधारा ३ मा उपधारा २ बमोजिम थप गरिएको प्रतिनिधिसभाको कार्यकाल संकटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले ६ महिना पछि स्वतः समाप्त हुने उल्लेख छ ।

 

प्रतिक्रिया सबै