११ फाल्गुन २०८०, शुक्रबार Friday 23 February, 2024

पहिरोले पाँच परिवार विस्थापित

 मङ्लबार, असार २१ २०७९  

काठमाडौँ । वर्षासँगै आएको पहिराका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन् ।

पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ ।

स्थानीय लिलाबहादुर कार्कीका अनुसार उनिहरुलाई सुरक्षित स्थानमा सारिएको छ । सो स्थानका अन्य १४ घर पनि पहिराको उच्च जोखिममा रहेका छन् । अहिले स्थानीयको सहयोगमा पहिरो हटाउने कार्य जारी छ ।

काठेखोला गाउँपालिकाको न्यायिक समितिले पीडितलाई राहत वितरणको तयारी गरेको छ । उनीहरुलाई छिमेकीको घरमा आश्रय लिने गरी व्यवस्थापन मिलाइएको छ । सांकेतिक तस्वीर ।

प्रतिक्रिया सबै