५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

चट्याङ लागेर उदयपुरमा एक युवकको मृत्यु

 बुधबार, असार २२ २०७९  

काठमाडौँ । उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका-५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार मृत्यु भएको हो।

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतबारीमा काम गरी रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका थिए।

प्रतिक्रिया सबै