identify which windows firewall rule is blocking downloading the zoom app download the latest zoom why do pcr results take so long why is zoom sound not working on laptop
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

रामेछाप बस दुर्घटनाले मर्माहत बनायो : प्रचण्ड

 बुधबार, असार २२ २०७९  

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

आज एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस सुनापति गाउँपालिकास्थित पिपलडाँडामा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया सबै