webinar zoom app zoom cloud meeting app download for pc - zoom cloud meeting app download for pc na zoom meeting join zoom meeting - na zoom meeting join zoom meeting zoom join a meeting download zoom app free join zoom meeting in progress with id number zoom meeting login join meeting online free - zoom meeting login join meeting online free
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

थपियो पिपुल्स पावरको आईपीओमा आवेदन दिने समय

 बुधबार, असार २२ २०७९  

काठमाडौँ । पिपुल्स पावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर साउन ५ गतेसम्म पुर्‍याइएको हो । कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गरेको हो ।

जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका-१ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र यी बाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गरेको हो । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् । यसबहेक सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

प्रतिक्रिया सबै