अर्थमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन
बुधबार, असार २२ २०७९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आज पनि प्रदर्शन भएको छ । कांग्रेसआबद्ध युवाहरूले सिंहदरबार अगाडि अर्थमन्त्रीविरुद्ध प्रदर्शन गरेका हुन् ।
सोक्रममा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले सिंहदरबारको दक्षिण गेटनजिकै विरोध जनाएका हुन् ।
उनीहरूले कालो कपडा र ‘अर्थमन्त्री राजीनामा दे’ लेखिएको प्लेकाड प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया
सबै