how large is zoom download zoom msi installer download join zoom meeting uk login hack zoom app msu zoom download zoom download app for pc
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय

 बुधबार, असार २२ २०७९  

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन गर्ने निर्णय भएको छ । सभामुख र दलका सचेतकहरुको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

समिति गठन भइसकेको छ तर, को–को बस्ने भन्ने नाम टुंगो लगाउने कार्य भइरहेको कांग्रेसका एक सांसदले बताए । अब बस्ने बैठकमा सभामुखले नाम पढेर सुनाउने उनको भनाई छ ।

११ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको छ । तर, बैठक अझै सुरु भएको छैन ।

सर्वदलीय बैठक जारी
एमालेको माग अनुसार अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल जारी छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको जानकारी दिए ।

बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको उनले बताए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभामा अर्थमन्त्रीले बोल्ने भनेपनि एमालेले सभामा अवरोध गर्ने बताएको थियो । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रमुख सचेतक लगायतसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया सबै