download zoom for windows10 zoom in pdf download mvc zoom app advantages and disadvantages join zoom meeting free download install zoom client download - install zoom client download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाडमा टेकेर कुदिरहेको छ : विप्लव

 बुधबार, असार २२ २०७९  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले दलाल पुँजीवादको साँढेले नेपाली जनतालाई निल्ने नेपाललाई बेच्नेछ भनेर आफुले पहिलेदेखि नै भन्दै आएको बताएका छन् ।

बुधबार काठमाडौमा भएको युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपाली जनताले नचाहेको दलाल पुँजीवादी सत्ता लादिएको बताए । असन या सिंहदरबारबाट दलाल पुँजीवादको साँढे आएर एकछत्र राज गरिरहेको बताउँदै उनले भने । ‘नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाड ढाडमा टेकेर कुदिरहेको छ । यो साँढेलाई तपाई हामीले चिनेका पनि हौ, देखेका पनि हौ र खबरदारी गरेका पनि हौ । यो आइराखेको अराजक साढे छ यसले नेपाली जनतालाई लुट्नेछ’, विप्लवले भने ।

दलाल पुँजीवादको साँढेलाई नत्थी लाएर रत्नपार्कमा पल्टाउने काम अबको पुस्ताको जिम्मेवारी रहेको भन्दै अहिले चलिरहेको लडाईमा नहिच्किचाईं मेहनत गर्नुपर्ने उनले बताए । नेता विप्लवले आफ्नो पार्टीले रोल्पालाई काठमाडौंसँग जोड्ने एकीकृत जनक्रान्तिको कार्यदिशा बनाउँदै बताउन्उले उनले काठमाडौ र रोल्पामा मात्रै लड्ने कुरा नगरेर आफुले देशका सबै क्षेत्र र वर्गलाई एकीकृत गरेर जनक्रान्ति सफल हुने भएकाले ३ करोड नेपालीका लागि आवश्यक रहेको बताए । त्यसो गरे मात्रै नेपाललाई परिवर्तन गर्न सकिने बताए । त्यसका लागि युवाहरुको विशेष योगदान हुनुपर्ने उनको भनाई छ ।

समाजवादीहरुले देश बेचेर खान लाग्दा पनि कसैलाई चिन्ता नरहेको भन्दै वीआइसीसीको हलबाट नेपाल बेच्ने कागजमा सही गरेको आरोप लगाउँदै उनले एमसीसी प्रकरणबारे अमेरिकालाई समेत आफुले चिठी लेखेको भन्दै उनले देश बेचुवाका विरुद्ध जनताले अनुमति दिए जुनसुकै लडाईं लड्न तयार रहेको बताए ।

‘देश बेच्न पाइँदैन, नेपाली जनतालाई थिच्न पाइँदैन । हामी कसैका गुलाम बन्न जन्मेका होइनौ, यो कुरा हामीले चोक चोकमा भन्नुपर्छ’ विप्लवले भने । कतिपयले आफुहरुलाई संसदवादी भन्ने गरेको भन्दै त्यसो भन्नेहरु कायर, डर छेरुवा रहेको उनको भनाई छ ।

प्रतिक्रिया सबै