४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

गगन थापालाई अहिलेसम्म थानकोट होइन मुग्लिन कटाउनुपर्थ्यो : विप्लव

 बुधबार, असार २२ २०७९  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसी प्रकरणमा काँग्रेस नेता गगन थापाले अमेरिकी सेना नआउने भनेर गरेको भाषणको विरोध गरेका छन् । उनले अहिले उनैलाई अप्ठेरो परेको टिप्पणी गर्दै भने, ‘हामीले गाह्रो पारेको होइन गगन थापालाई, हामी त टाउको फुटुञ्जेल लड्यौँ । हातखुट्टा भाचुन्जेल लड्यौँ । हाम्रा साथीहरु जेल पर्नुभयो ।’

बुधबार काठमाडौमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले दलालहरु क्रान्तिकारीहरुका विरुद्ध लडिरहेको भन्दै गगन थापाले अमेरिका नांगो ढंगले आउँदैन भनेर आफुलाई चार पाटा मुडेर खेद्नु भनेको भन्दै अहिले उनलाई अमेरिकाले धोती न टोपी बनाइदिएको बताए ।

‘अहिले अमेरिकाले गगनलाई धोती न टोपी बनाइदिएको छ । उनलाई त थानकोट होइन मुग्लिन कटाउनुपर्थ्यो नि अहिलेसम्म !’ विप्लवले भने । अमेरिकाको जनरल आएर नेपालमा क्याम्प खोल्ने हो खोल्न पाउनुपर्छ भनेको भन्दै एमसीसी आइसकेको विप्लवको भनाई छ । प्रचण्डको व्याख्यात्मक टिप्पणीको पनि धोती लगाइदिएको उनले बताए ।

महासचिव विप्लवले नेपालमा अमेरिकीहरुलाई परास्त गर्न काँग्रेस एमाले र माओवादीले नसक्ने पनि बताए । क्रान्तिकारी श्रमिक जनता र आफ्नो पार्टी भएको र नेतृत्व गर्ने उनको दावी छ । उनले देशको पक्षमा उभिने ठुलो कुरा भएको भन्दै त्यसका लागि मारिन समेत पछि नपर्ने बताए ।

उनले नेपाली जनताले आफ्नो पार्टीलाई साथ समेत दिने बताए । ‘हामीसँग अर्को पार्टीका कार्यकर्ता पनि न्याय माग्न आएका छन्’, उनले भने । अछामको एक जनाले न्याय नपाए विप्लवको पार्टीमा जानुपर्छ भनेर भनेको भन्दै जता गएपनि आफ्नै पार्टी खोजी गर्ने गरेको उनले बताए ।

यो पनि

नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाडमा टेकेर कुदिरहेको छ : विप्लव

प्रतिक्रिया सबै