zoom app uses login to zoom meeting with meeting id zoom app vs browser zoom app download kara www.zoom.us.meeting/download free download zoom app pc zoom meeting join meeting download - zoom meeting join meeting download zoom meeting login join meeting online free download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

अर्थमन्त्रीले बोल्न पाउनुहुन्न : योगेश भट्टराई

 बुधबार, असार २२ २०७९  

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्रीको हैसियतमा जनार्दन शर्माले संसद्मा बोल्न नपाउने बताएको छ । एमाले नेता योगेश भट्टराईले संसद्मा अर्थमन्त्रीले बोल्ने नैतिक हैसियत नभएको बताएका हुन् ।
अर्थमन्त्रीले राजीनामा दिएरमात्रै संसद्मा बोल्न पाउने उनको भनाई छ ।

‘त्यसपछिमात्रै हामीले उहाँको भाषण सुन्छौं,’ उनले भने, ‘अपराध संहिता आकर्षित भएको छ । साइबर ऐन आकर्षित भएको छ । उहाँमाथि कारवाही हुनैपर्छ ।’

‘अर्थमन्त्रीले रोष्टमा उभिएर सम्बोधन गर्ने कुनै नैतिक अधिकार छैन् । हामी उहाँको राजीनामा चाहन्छौं। राजीनामा दिएपछि पनि उहाँले संसदमा बोल्न पाउनुहुन्छ। त्यसपछि हामी उहाँको भाषण सुन्न तयार छौं’, भट्टराईले भने ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बहिस्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रीको रुपमा बोल्न नपाउने भन्दै एमालेले संसद बहिस्कार गरेको हो ।

संसद बहिस्कार गरेर एमाले सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । अर्थमन्त्री शर्माले अहिले संसदबाट स्पष्टिकरण दिइरहेका छन्। अर्थमन्त्री शर्माले भने अर्थमन्त्रीकै रुपमा सम्बोधन सुरु गरेका छन् ।

एमालेले भने अर्थमन्त्रीको हैसियतले संसदमा बोल्न नपाउने बताएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा मन्तव्य दिनका लागि बोलाएपछि त्यसप्रति एमालेले आपत्ति जनाएको हो ।

प्रतिक्रिया सबै