१३ फाल्गुन २०८०, आईतवार Sunday 25 February, 2024

अर्थमन्त्रीको प्रश्न- मैले संसदमा बोल्ने नैतिकता कसरी गुमाए ?

 बुधबार, असार २२ २०७९  

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भन्दै प्रश्न गरेका छन् ।

आजको संसद बैठकमा सम्बोधन गर्दै उनले संसदमा सम्बोधन गर्ने नैतिकता कसरी गुमाए भनेर एमालेलाई सोधेका हुन् ।

‘मैले व्यापारीलाई सामान ल्याउन लाएर करका दर बढाए ? बच्चाले खाने दुधको भन्सार दर बढाए ?’, उनले भने । आफूमाथि उठेका प्रश्नको जवाफ कुनै समयमा प्रष्ट पार्ने उनको भनाई छ ।

उनले आफुले सबै खाले छानविका लागि तयारी भएको पनि बताए । उनले संसदीय मात्रै नभए सबैखाले छानविन आफुमाथि हुनुपर्ने पनि बताए ।

आफुले राष्ट्रको पक्षमा काम गरेको हुँदा हुँदै पनि आफुमाथि छुट्टा आरोपहरु लगाईएको भन्दै अस्वीकार रहेको बताए । उनले आफुमाथि छानविन समितिलाई आफुले सहयोग गर्ने पनि बताए ।

यो पनि

अर्थमन्त्रीले बोल्न पाउनुहुन्न : योगेश भट्टराई

प्रतिक्रिया सबै