५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

महाकालीमा तुइनबाट खसेर एक किशोर बेपत्ता

 बुधबार, असार २२ २०७९  

काठमााडैं । महाकालीमा दुईनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका हुन् ।

भारतबाट घर फर्कने बेला तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको (ठेसो) खम्बा टुटेर स्थानीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता हुन् ।

ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कने क्रममा दुम्लिङका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी तुइन टुट्दा महाकालीमा बेपत्ता भएको हो ।

बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा अहिले सुरक्षाकर्मी पुगेका छन् । बेपत्ताको खोजीमा महाकाली किनारमा प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटिरहेका छन् ।

गत वर्ष दार्चुलाकै सीमा क्षेत्रस्थित महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए ।

प्रतिक्रिया सबै