zoom us download windows 10 zoom can't download zoominfo extension edge zoom download center for windows zoom telehealth download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

जनार्दन शर्मा फेरि मन्त्रालयमा फर्किनु हुन्छ : नेता पुन

 बुधबार, असार २२ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदीय समितिको छानविनबाट अर्थमन्त्री जनार्दन शर्मा निर्दोष साबित हुने र फेरि मन्त्रालयमा फर्किने आशा व्यक्त गरेका छन् ।

संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले छानविनबाट निर्दोष साबित भएपछि शर्मा नै पुनः अर्थमन्त्री बन्ने दाबी समेत गरे । उनले प्रश्न उठेपछि राजीनामा दिएर मन्त्री शर्माले उच्च नैतिकता देखाएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले छानबिन अघि नै शर्मामाथि कारबाहीको माग गरेकोमा उनले आपत्तिसमेत जनाए । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको छ ।

यो पनि

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

प्रतिक्रिया सबै