३ जेष्ठ २०८१, बिहीबार Thursday 16 May, 2024

अप्पर सोलु हाइड्रोको आज आईपीओ खरिद गर्ने अन्तिम दिन

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते आज अन्तिम दिन रहेको छ ।

मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणमा वितरण गर्न लागेको रु. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये कम्पनीले ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदनदिन सक्नेछन् । सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी-आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू र तीनका शाखा कार्यालयहरूबाट साथै मेरो सेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया सबै