zoominfo extension download zoom chat for pc zoom meeting app free download for pc windows 10 - zoom meeting app free download for pc windows 10 zoom download to computer zoom meeting join zoom meeting join zoom cloud app free download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

भीमफेदीबाट बसाइँ सरेर जानेको सङ्ख्या तेब्बर

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँ सरी आउनेभन्दा पालिकाबाट बसाइँ सरेर जानेको सङ्ख्या तीन गुणा बढी छ ।

आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाउँपालिकामा बसाइँ सरी आउने परिवार सङ्ख्या २९ रहेको छ भने गाउँपालिकाबाट बाहिरिनेको सङ्ख्या ९२ रहेको छ । यसरी पालिकाबाट चालु आवमा २९ परिवारका १४४ भित्रिँदा ९२ परिवारका ३५० नागरिक बाहिरिएका छन् ।

गाउँपालिकाको ग्रामीण भेगबाट बसाइँ सरी जानेको सङ्ख्या अत्यधिक रहेको गाउँपालिकाका सूचना अधिकारी बद्री सापकोटाले जानकारी दिए । पालिकाभित्र पनि ग्रामीण क्षेत्रबाट पालिका केन्द्र र आसपास बसाइँ सर्ने क्रम अत्यधिक रहेको उनले बताए ।

भीमफेदी गाउँपालिकाले उपलब्ध गराएको विवरणअनुसार गाउँपालिकामा चालु आवमा विभिन्न प्रकारका एक हजार ३७७ घटना दर्ता भएका छन् । उपलब्ध विवरणअनुसार पालिकामा ३११ बालकको र ३४४ बालिकाको जन्म दर्ता भएको छ ।

त्यस्तै १२२ पुरुषको र ८७ महिलाको मृत्यु दर्ता भएको पालिकाले जनाएको छ । पालिकामा चालु आवमा ३६५ विवाह दर्ता गरिएकामा २७ सम्बन्धविच्छेदका घटना दर्ता भएका छन् ।

प्रतिक्रिया सबै