१७ मंसिर २०८०, आईतवार Sunday 3 December, 2023

आज तोलामा १ हजार ४०० ले घट्यो सुनको मूल्य

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ थियो । यस्तै, हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो ।

हिजो बुधबार पनि सुनको मूल्यमा प्रतितोला १ हजार ६०० रुपैयाँ गिरावट आएको थियो । मंगलबार तोलामा ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० थियो । जुन बुधबार तोलामा १ हजार ६०० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।

पछिल्लो २ दिनमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको महासंघले जनाएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया सबै