zoom app paid zoom login my account zoom meeting zoom lk download zoom webex download zoom minimum requirements pc - zoom minimum requirements pc zoom pc app exe download - zoom pc app exe download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । काठमाडौंको सानो भर्‍याङमा गएराती स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वनस्थलीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा ९५ प ९७२३ नम्बरको स्कुटर गएराती सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो । घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयंभुले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया सबै