चुनावमा राम्रो नतिजा ल्याउन समन्वय समिति बनाइने छ : प्रचण्ड
बिहिबार, असार २३ २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउनेमा सम्पूर्ण ध्यान केन्द्रीत गरिने बताएका छन् ।
त्यसका लागि हरेक प्रदेशमा समन्वय समिति बनाइने प्रचण्डको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले सबै प्रदेशहरूमा समन्वय समिति बनाएर फिल्डमा खटिने बताएको एक नेताले बताए ।
‘अब निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउनु छ । त्यसका लागि सबै प्रदेशमा समन्वय समिति बनाइने छ । त्यो समितिले नेता कार्यकर्तालाई फिल्डमा खटाउने छ’ प्रचण्डले भने,‘ चुनावलाई केन्द्रीत गरेर कार्यक्रमहरु बनाउने छौं ।
त्यसअनुसार योजना बनाउनेतिर हामी केन्द्रित हुन्छौँ ।’ नयाँ समिति बनाउँदा केही आत्तिन जरुरी नरहेको भन्दै सबै कार्य विधान अनुरुप नै हुने प्रचण्डले बताए ।
प्रतिक्रिया
सबै