काठमाडौंमा २३ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । उपत्यकामा थप दुईजनामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार कागेश्वरी मनोहरा क्षेत्रमा दुईजना संक्रमित थपिएका हुन् ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २३ पुगेको छ । संक्रमितमध्ये ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
अन्यले घरमै स्वास्थ्यलाभ गरिरहेको महाशाखाले जनाएको छ ।
थप ७८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको परीक्षण गर्दा ७८ जनामा संक्रमण भएको हो ।
मन्त्रालयका अनुसार जसमध्ये १ हजार ३८४ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार १३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ७८ जनामा संक्रमण देखिएको हो ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५०८ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५९८ जना संक्रमणमुक्त भएका छन् ।