४ आश्विन २०८०, बिहीबार Thursday 21 September, 2023

प्रचण्डले भने- ‘वरिष्ठ उपाध्यक्षमा नारायणकाजी बाहेक को हुन्छ र ?’

 बिहिबार, असार २३ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी रहेका पदाधिकारीहरूको नाम वाचन गर्न नसक्ने बताएका छन् ।

विहिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूको नाम वाचन गरेपनि पदाधिकारीको नाम वाचन गर्न समस्या हुने बताए ।

आफूसँग पदाधिरीको सूची रहेको तर अहिले वाचन गर्न नसिकने उनको भनाई छ । अध्यक्ष प्रचण्डले पदाधिकारीहरूको नाम पढ्न थाले नेता मातृका यादवले विरोध गर्ने उनले बताए ।

उनले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठबाहेक अरूको सम्भावना नरहेको पनि बताए । ‘प्लिज अहिले मलाई पदाधिकारीको नाम पढ्न नलाउनुहोस् । २-४ दिन दिनुस् पदाधिकारी टुंगिन्छ । सबै उज्यालो हुनेगरी टुंगिन्छ,’ प्रचण्डले भने, ‘नाम पढ्न थालेपछि मातृकाजीले विरोध गरिहाल्नुहुनछ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजीबाहेक को हुन्छ र ?’

यस्तै प्रचण्डले पदाधिकारी चयनमा अन्तरघाती भनेर आएको भन्दै १५ दिनभित्र टंक राई कमिटीले छानबिन गरेपछि पदाधिकारीलाई टुंगोमा पु¥याउने बताए ।

यो पनि

माओवादी केन्द्रको ४१ सदस्यीय स्थायी समिति गठन

प्रतिक्रिया सबै