९ मंसिर २०८०, शनिबार Saturday 25 November, 2023

हिमालयन बैंक र सिभिल बैंकको प्राप्ति गर्ने सम्झौता आज नहुने

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौता आज नहुने भएको छ ।

आज १ बजे राजधानीको एक होटलमा हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर (एमओयू) हुने तय भएको थियो ।

तर, सिभिल बैंकले कर्मचारी समायोजन, सञ्चालक समिति जस्ता कुरा पनि टुंग्याएर मात्रै सम्झौता गर्ने बताएपछि आज हुने भनिएको कार्यक्रम स्थगित भएको हिमालयन बैंकका एक सञ्चालकले जानकारी दिए ।

मर्जरपछि छलफलभन्दा सहमति भएन भने के गर्ने भन्दै अहिले नै सबै कुरा मिलाएर सम्झौता गरौं भनेर आज हुने भनिएको सम्झौता स्थगित भएको हिमालयन बैंकका ती सञ्चालकले बताएका छनु । ‘हामी मर्जरको छलफलमा नै छौं, मर्जरको सम्झौताको प्रयास भइरहेको छ, सबै कुरा मिलेपछि मात्रै सम्झौता गरौं भनेर आजको निर्धारित एमओयू गर्ने कार्यक्रम स्थगित भएको हो,’ उनले भने ।

 

 

प्रतिक्रिया सबै