२२ मंसिर २०८०, शुक्रबार Friday 8 December, 2023

राष्ट्रपति भण्डारीद्वारा दुईवटा विधेयक प्रमाणीकरण

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी हुन् ।

विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया सबै