१४ मंसिर २०८०, बिहीबार Thursday 30 November, 2023

महिला विमान चालकको लामखुट्टेले टोकेर मृत्यु

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । बेलायतकी एक प्रशिक्षार्थी महिला विमान चालकको लामखुट्टेले टाकेका कारण मृत्यु भएको छ ।

बुरी सेन्ट एडमन्ड्स, सफोककी २१ वर्षीया ओरियाना पेपरको गत जुलाईमा बेल्जियमको एन्टवर्पमा लामखुट्टेले टोकेको पाँच दिन पछि मृत्यु भएको हो ।

उनलाई लामखुट्टेले दाहिने आँखामा टोकेको थियो । टोकाइपछि उनको आँखा सुन्निएको थियो र यसमा संक्रमण भएपछि अस्पतालको इमर्जेन्सीमा लगिएको थियो ।

सफोल्ककी बासिन्दा उनलाई अस्पतालले एन्टिबायोटिक्स दिएर घर पठाएको थियो । यद्यपि, अस्पताल गएको दुई दिनपछि उनी बेहोस भएपछि उनका प्रेमीले पुनः अस्पताल लगेका थिए ।

उनको निधन जुलाई १२, २०२१ मा भएको थियो । त्यसदिन उनलाई लामखुट्टेले टोकेको पाँच दिन पुगेको थियो । त्यतिबेला अस्पतालले उनको मृत्युको कारण मस्तिष्कमा सेप्टिक एम्बोली बताएको थियो । उनको मृत्युको कारणबारे गरिएको अनुसन्धानको निष्कर्ष अदालतमा पेश गरिएको छ ।

पेपर अक्सफोर्डको इजिजेट कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर उत्तिर्ण भएको र थप तालिमका लागि बेल्जियम गएको सफोकको कोरनर कोर्टको सुनुवाईमा बताइएको छ ।

निगेल पार्स्लीले सुनुवाइको क्रममा भनेका छन्, ‘ती युवतीको मृत्यु निधारमा किराले टोक्दा गम्भीर संक्रमणका कारण भएको हो ।’ ‘मैले यसअघि यस्तो घटना कहिल्यै देखेको थिइनँ,’ पार्स्लीले अनुसन्धानको निष्कर्ष दर्ता गराउने क्रममा भने ।

 

प्रतिक्रिया सबै