zoom info scraper download download zoom for free pc www.zoom.us.meeting/download zoom to download for pc zoom launcher download free zoom download for windows 8.1 zoom lil uzi vert download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ ।

आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका थिए।

यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए ।

प्रतिक्रिया सबै