५ जेष्ठ २०८१, शनिबार Saturday 18 May, 2024

अब यौन हिंसा पीडितले घटनाको तीन वर्षसम्म उजुरी दिन पाउने

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । अब यौन हिंसापीडितले घटनाको तीन बर्षसम्म उजुरी दिने पाउने भएको छ । यौनहिंसाको हकमा हदम्याद राख्नै नहुने आवाज उठिरहेका बेला १ वर्षसम्म मात्रै उजुरी दिन पाउने हदम्याद बढाएर अब तीन वर्षसम्म पुर्‍याउने गरी कानुन संशोधन हुन लागेको हो ।

यौनहिंसाका घटनामा संलग्नलाई कारबाहीका लागि हदम्याद बढाउनुपर्ने आवाज उठाइरहेका बेला संसदीय समितिले नयाँ निर्णय गरेको हो ।

संसदको कानुन, न्याय तथा मानव अधिकार समितिले यौनहिंसाबाट पीडित भएकाहरुले उजुरीको समय घटनाको तीन वर्षसम्म कायम गर्नुपर्ने शुक्रबार गरेको छ ।

समितिको बैठकले यौन हिंसाविरूद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गरेको थियो । समितिका एकजना सदस्य एवम् नेकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले यौनहिंसामा उजुरीको हदम्याद तीन वर्षसम्म पुर्‍याउने सर्वसम्म निर्णय भएको बताए । यो प्रावधान संसदबाट पारित भएपछि यौनहिंसाका पीडितले दुई वर्षसम्म उजुरी दिन सक्ने उनले बताए ।

उनका अनुसार यौन हिंसापीडित नाबालिग र अपाङ्गता भएकाहरुको हकमा भने हदम्याद तीन वर्ष कायम गर्ने गरी समितिबाट निर्णय भएको छ । सुन्दरी प्रतियोगितामा सहभागी एकजना युवतीले सात वर्षअघिको यौन हिंसा प्रकरण सार्वजनिक गरेपछि हदम्यादबारे बहस चलेको थियो ।

प्रतिक्रिया सबै