zoom meetings download download old version of zoom zoom requirements pc joining a zoom meeting online uk - joining a zoom meeting online uk zoom meeting app download for pc free
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

बाबुराम भट्टराईसँग बालेनको भेट, के-के भयो छलफल ?

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । मेयर बालेन्द्र शुक्रबार भट्टराईलाई उनका निवास पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा भट्टराईकी पत्नी हिसिला यमी, छोरी मानुषी यमी लगायत सहभागी थिए । सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै भट्टराईले उक्त भेटवार्ताबारे जानकारी दिएका छन् । ‘काठमाडौं महानगरपालिका मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श !’ सफलताको हार्दिक शुभकामना !’, भट्टराईले भनेका छन् ।

शहरी विकास र प्लानिङका विषयमा छलफल भएको मेयर बालेन्द्रका स्वकीय सचिव भूपदेव शाहले बताए । उनका अनुसार शहरी विकास र प्लानिङको बारेमा उहाँहरुबीच छलफल भएको र विशेषगरी ढलसम्बन्धी छलफल भएको उनले बताए । छलफलका क्रममा ४० वर्ष पुरानो सहरी सिस्टमलाई कसरी नयाँ बनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल भएको उनको भनाई छ ।

भेटघाटमा सहभागी भएकी छोरी मानुषी भट्टराईले पनि सहरका पूर्वाधार र विकास लगायतमा जोडिएका विषयवस्तुसँग आधारित भएर छलफल भएको बताएकी छन् । छलफलका क्रममा डा. भट्टराईका पालामा भएको सडक विस्तारको प्रसङ्ग पनि उठेको थियो ।

काठमाडौंको यसअघिको सभ्यता र त्यो सभ्यता जोगाउन सकिने उपायका बारेमा पनि छलफल भएको थियो । बालेन्द्रले युवा भएर काम गरेर दाखाउनुपर्ने भट्टराईले बताएका थिए ।

प्रतिक्रिया सबै