३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

बुढिगंगा नगरपालिका मतगणना अपडेट : ८ सयमा एमालेको अग्रता कायमै

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। अहिलेसम्म ८ सय मतगणना सकिएको छ ।

बुढीगंगाको निर्वाचन कार्यालयका अनुसार अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ । ८०० मतको गणना सकिएकोमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। कांग्रेस ३५३ मतका साथ दोस्रो स्थानमा छ ।

यस्तै उपमेयरमा एमालेले ४०२ मत ल्याएको छ भने कांग्रेसले ३५७ मत पाएको छ । यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन्।

यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

प्रतिक्रिया सबै