zoom conference meeting app download zoom cloud meeting app download for microsoft zoom installation failed error 10006 zoom login download - zoom login download install new zoom bim collab zoom download free download zoom meeting app for pc - free download zoom meeting app for pc zoom app for friends
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

नेपाली सिमेन्ट भारततर्फ निर्यात सुरु

 शुक्रबार, असार २४ २०७९  

काठमाडौं । नेपाली सिमेन्ट पश्चिम नवलपरासीको पाल्पा सिमेन्ट उद्योगले भारततर्फ निर्यात सुरू गरेको छ । शुक्रबार सुनौली नाका हुँदै तीन ट्रक सिमेन्ट भारत पठाइएको आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राकेश अग्रवालले बताए ।

उनले परीक्षणका लागि तीन ट्रक पठाएका र आगामी दिनमा त्यसलाई बढाउँदै लैजाने बताएका छन् । उद्योगले तानसेन ब्राण्डको पिपिसी सिमेन्ट निर्यात गरेको हो । आगामी दिनमा भारतीय बजारमा नेपाली सिमेन्टको बजार विस्तार गर्दै लैजाने उनको भनाई छ ।

‘नेपाली सिमेन्टको बजार विस्तार गर्न सघाउ पुर्‍याउने मूल्य र गुणस्तर नै हो । हाम्रो सिमेन्टको गुणस्तर राम्रो छ। सरकारले निर्यात अनुदान दिने भएपछि मूल्यमा पनि सहज हुन्छ’, उनले भनेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सिमेन्ट निर्यातमा ८ प्रतिशत नगद अनुदान दिने उल्लेख गरेको थियो। ८ प्रतिशत नगद अनुदान पाउने भएपछि उद्योगीहरू उत्साहित भएका छन् ।

त्यस्तै, जगदम्बा, सर्वोत्तम, सौर्य, अर्घाखाँचीलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।

प्रतिक्रिया सबै