मेयरका लागि किनिएको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने घोषणा
काठमाडौं । धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला चर्चामा आइरहन्छन् । स्वतन्त्र उम्मेदवारीबाट धरान उपमहानगरको प्रमुख पदमा विजयी बनेर नेतृत्व सम्हालिरहेका हर्कराजको चर्चा भने सकारात्मक हुने गर्छ ।
विजयी बन्दै गर्दा उनले जनताको सेवक भएकाले गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाईकल चढेर जनताको सेवा गर्ने बताएका थिए । ‘म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँड्न चाहन्छु , किनकी ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’ उनले भनेका थिए ।
मेयर चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, हर्कराज सरकारी गाडी चढ्दैनन् । अहिले उनले भने जस्तो आफ्नो पुरानो मोटरसाईकलमा चढेर काम गर्ने गरेका छन् ।
हालै मात्र उनले मेयरलाई भनेर किनिएको (स्कोर्पियो गाडी) बेचेर रोलर मेसिन किन्ने घोषणा गरेका छन् । मेयर साम्पाङले मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न बताएका हुन् ।
गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन पनि गरेको छ ।
मेयर हर्कराजले फेसबुकमा पनि लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।’
यो पनि