join zoom meeting online australia http zoom us download client_4meeting why my zoom app is showing incorrect password zoom meeting join a meeting online - zoom meeting join a meeting online zoom download update download 64 bit zoom free download zoom meeting
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

बाजुराको बुढीगंगाका ३ वडामा एमाले विजयी, मेयर र उपमेयरमा एमालेकै अग्रता

 शनिबार, असार २५ २०७९  

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन मतगणनाअन्तर्गत अहिलेसम्म ३ वटा वडाको अन्तिम मतपरिणाम आएको छ ।

वडा नम्बर १,९ र १० को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा तीनवटै वडाको वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

पछिल्लोपटक सार्वजनिक भएको मतपरिणामअनुसार वडा नम्बर ९ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह ४९२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी उत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार भरत बहादुर थापाले २९३ मत ल्याए ।

यस्तै, वडा नम्बर १ को वडाध्यक्षमा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत प्राप्त गरे।

वडा नम्बर १० को वडाध्यक्षमा एमालेका दलबहादुर सावद ५४८ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए । हालसम्म ३ हजार ४४० मत गणना हुँदा मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार राम बहादुर बानियाँले २ हजार ४५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका रंग बहादुर खातीले १ हजार १८८ मत ल्याएका छन्।

उपमेयरमा नेकपा एमालेका माया कुमारी खड‍्का (कुवँर)ले १ हजार ९९१ मत ल्याउँदा नेपाली कांग्रेसकी रिता शाही (शाह)ले १ हजार २२२ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया सबै