९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

नेपाल प्रहरीका ३२ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

 शनिबार, असार २५ २०७९  

काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले रिक्त ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दरबन्दीमा बढुवा सिफारिस गरेको हो । नेपाल प्रहरीका ३२ एसएसपीलाई बढुवामा सिफारिस गरेको हो ।

पहिलो नम्बरमा बढुवा सिफारिसमा गणेश चन्द परेका छन् । दिल्लीराज विष्ट १८ औं नम्बरमा बढुवा सिफारिस भएका छन् । एसपीमा उक्त ब्याचका उनीहरू दुईजनामात्रै बाँकी थिए । उनीहरू दुबैजना आईजीपीको दौडमा रहनेछैनन् ।

यस्तै, दोस्रो नम्बरमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन् । उनी २०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका ब्याची हुन् । उनको समूहलाई २०५८ मा नेपाल प्रहरीमा ल्याइएको थियो ।

यस्तै तेस्रो नम्बरमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुर्वेदी र पाँचौं नम्बरमा दानबहादुर कार्की बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया सबै