legal zoom llc agreement download download zoom app for notebook zoom meet download for pc zoom conferencing free download zoom login download pc
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

लेखक संगीतमाथि यौन दुर्व्यवहारको आरोप

 शनिबार, असार २५ २०७९  

काठमाडौं । एक लेखकले शनिबार साँझ फेसबुक लाइभमार्फत कवि तथा पत्रकार संगीत श्रोता (यम क्षेत्री)बाट आफुलाई यौन दुर्व्यवहार भएको आरोप लगाएकी छन् । उनले पुस्तक सम्पादनका क्रममा लेखक संगीतले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी हुन् ।

पुस्तक सम्पादनका क्रममा उनी संगीतकै कोठामा पुगेको उनको भनाई छ । पुस्तकको काम गरेपछि आफूहरु अलग अलग कोठामा सुतेको र बिहानपख आफू सुतिरहेको भान्साकोठाको खाटमा आएर संगीत पल्टिएको बताएकी छन् । ‘मैले सोच्नै सकिनँ । म कोठाबाट बाहिर गएँ’, उनले भनेकी छन् ।

उनले केहीबेरपछि कोठामा फर्किंदा संगीतले चिया बनाएर दिदी चिया खाउँ भनेको बताएकी छन् । आफ्नो प्रतिवादको सन्देश बुझ्यो होला भन्ने लागेर आफू त्यो दिन संगीतसँग राजेन्द्र महर्जन र आहुतिलाई भेट्न गएको पनि बताइन् ।

उनले साँझ फेरि कोठामा आएपछि पुस्तकको काम गरेको र काम सकेर एकछिन कुराकानी गर्ने क्रममा संगीतले आफ्नो हातको चुरा समाएर चुरा किन लगाउनुहुन्छ भनेर सोधेको बताइन् ।

‘मैले त्यसको उत्तर दिन खोज्दा खोज्दै उसले हात मुसार्न थाल्यो । मैले आफ्नो हात आफूतिर तानें र, भाइ तपाईं सुत्न जानुस् भनें । यो मान्छेले मसँग एड्भान्टेज लिन खोज्यो भन्ने महसुस भयो । म कमजोर भएँ भने उसले मलाई भ्याउँछ भन्ने लाग्यो’, उनले फेसबुक लाईभमा भनेकी छन् ।

त्यसपछि आफूले उनलाई धकेल्दै ढोकामा पुर्‍याउँदा नपुर्‍याउँदै संगीतले च्याप्प समातेर गालामा किस गरेको उनको भनाई छ । ‘यो अप्रत्यासित थियो । तिमी र म त दिदी भाइ हो नि भाइ मात्र भन्न सकें’, उनले भनेकी छन् । यो घटनापछि आफूले संगीतलाई धकेलेर चुकुल लगाएको र मुश्किलले रात कटाएर भोलिपल्ट घर फर्किएको उनको भनाई छ ।

लेखक संगीतले भने पीडितले भनेजस्तो घटना नै नभएको भन्दै शनिबार साँझ फेसबुकमा लामो स्टाटस लेखेका छन् ।

आरोपहरुको प्रतिवाद गर्दै उनले पीडित भनिएकी लेखकले प्रतिशोध साध्ने उद्देश्यले खडा गरिएको एउटा झुट स्थापित गर्न दर्जनभन्दा बढी अरु झुटको लेपन लगाउने प्रयास गरेको बताएका छन् । उनका अनुसार पीडितले आफ्नो पुस्तकको समीक्षामा आलोचना भएपछि सहन नसकेर विचलित भएको बताएका छन् ।

प्रतिक्रिया सबै