४ फाल्गुन २०८०, शुक्रबार Friday 16 February, 2024

कांग्रेस पदाधिकारी बैठक आज बस्ने

 आइतवार, असार २६ २०७९  

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकले केन्द्रीय समितिको एजेन्डा तय गर्ने एक नेताले बताएका छन् । कांग्रेसले स्थानीय तहको चुनावको समीक्षा गर्न भोलि दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक राखेको छ ।

बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको विधान पारित गर्ने एजेन्डासमेत रहेको छ ।

प्रतिक्रिया सबै